काठमाडौं । अभिनेत्री केकी अधिकारीले भ्रष्टाचारविरुद्ध सबैलाई शपथ लिन आह्वान गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले वीर सहिदहरूले बोकेको उद्देश्य र सपनालाई सम्झाउँदै अबदेखि घुस नलिने र नदिने प्रतिज्ञा गर्न आग्रह गरेकी हुन्।
उनले लेखेकी छन्, “आउनुस्, आज एउटा शपथ हामी पनि लिऔं आफैसँग। भ्रष्टाचारविरुद्ध जुन उद्देश्य र सपना बोकी हाम्रा वीर सहिदहरू लडे, आज एउटा शपथ लिऔं— घुस लिने र दिने गर्ने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौं, यो त्याग र बलिदान खेर जान दिने छैनौं।”








प्रतिक्रिया