२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सोल्टिनी’को टिजरमा प्रकाश र परिक्षाको प्रेमालाभ



 

काठमाडौं

पछिल्लो पुस्ताले प्रेमकथाका चलचित्र हेर्ने अवसर पाउन छोडेका छन् । मुख्य गरेर सामाजिक,हास्य र द्वन्द्व मिश्रित कथामा चलचित्र निर्माण हुने क्रम बढेसँगै प्रेमकथाका चलचित्र देखिन मुस्किल परेको छ ।

कार्तिक ६ गते भाइटिकाको दिनदेखि देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘सोल्टिनी’को टिजरले प्रेमकथाको फरक स्वाद पस्केको आधास दिएको छ ।
यस चलचित्रको टिजरमा समाजको कठोर यथार्थ र बोल्ड निर्णयके झल्को समेत दिएको छ ।

 

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा कार्यकारी निर्माताको रूपमा ’हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्न छ । जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् ।

चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् । चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

यसअघि चलचित्रका चार फरक–फरक पोस्टरहरु सार्वजनिक भइसकेका छन् । पुर्वी नेपालको इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायाङ्कन गरिएको चलचित्र ‘सोल्टिनी’मा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।