२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा बसाइँ सरे



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन्। जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली आजदेखि सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित भाडाको घरमा बसाइँ सरेका हुन्। बालकोटस्थित उनको निवास जेनजी आन्दोलनकै क्रममा आगजनीमा परेको थियो।

गुण्डुस्थित निवासमा आज ओलीलाई पार्टी महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा लगायतले भेट गरेका छन्।

संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।