भर्खरै सार्वजनिक भएको चलचित्र ‘माइतीघर’को ट्रेलर हेर्दा केदार घिमिरे ‘माग्नेबुढा’को बर्चस्व देखिएको छ ।
तामाङ संस्कृति संस्कृतीमा आधारित त्रिकोणात्मक प्रेमकथा रहेका चलचित्रमा हास्य कलाकारको छवि बनाएका माग्ने बुढाले हसाउने पक्का भएको छ । उनको चटपटे चरित्रले चलचित्रलाई थप रमाइलो बनाउने ट्रेलर हेरेपछि बुझ्न सकिन्छ ।
टेलिचलचित्रमार्फत ठूलो पर्दामा झुल्किएका माग्ने बुढा ‘छक्का पञ्जा’ सिक्वेलमा सफल सावित भएका थिए । पछिल्लो चलचित्र ‘माग्नेराजा’ पनि रजतपटमा हिट सावित भएको थियो ।
अभिनेत्री उपासनासिंह ठकुरीसँगै डेव्यु अभिनेत्री श्यामा श्री शेर्पासँगै प्रकाश सपुत र धिरज मगर मुख्य भूमिकामा देखिन्छन् । तर पनि चलचित्रमा केदार घिमिरे ‘माग्नेबुढा’को भूमिका बलियो रहेको देखिन्छ ।
दशैंको फूलपाती अर्थात् यही असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’मा प्रकाश, धिरज, उपासनासिंह र श्यामा श्रीसँगै वुद्धि तामाङ, शिशिर वाङ्देल र केदार प्रसाद घिमिरे (माग्ने बूढा)को अभिनय हेर्न सकिन्छ ।
रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गरिएको माइतीघरमा रविन शेरचन र धिरज तामाङको लगानी छ । भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन्। चलचित्र रामशरण पाठकले लेखेका छन् ।








प्रतिक्रिया