नेपाली चलचित्र ‘महादशा’ले आफ्ना मुख्य कलाकारको रुपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंह अनुबन्धित भएका छन् ।
नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकार उत्तम प्रधान र निरुता सिंहजस्तो सहभागिताले चलचित्र उद्योगमा निकै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।चर्चित कलाकारहरुको कलाकारहरूको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ।
किरण नेपालीको निर्देशनमा तयार हुने यस चलचित्रमा लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्नेछ । चलचित्रमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ ।
मनिष गौतमले लेखेको चलचित्रमा राजेन्द्र के शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।








प्रतिक्रिया