२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बलिदान’को ट्रेलर : छाँयामा सौगात मल्ल, समिर भट्टको दबदवा



ललितखबर
लामो समयदेखि चर्चामा रहेको चलचित्र बलिदान यही दशैंको सन्दर्भ पारेर प्रर्दशन हुँदैछ । दुई बर्षअघि प्रेमगीत ३ चलचित्रको सफलतापछि हौसिएका निर्देशक सन्तोष सेन आफै चलचित्रका पात्रका रुपमा खडा छन् ।

चलचित्रको ट्रेलर भर्खदै सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता समिर भट्टको दबदवा छ । सौगात मल्ल चिन्न कठीन हुने फरक लुक्समा छन् । भूमिका पनि थोरै छ ।

एक्सन नै एक्सनले भरिएको ट्रेलरमा आगो र रगतको दृश्य छन् । ट्रेलरमा ठाँउ ठाँउमा आङ नै जिरिङ हुन्छ । तर रगत नै रगतको दृश्यले त्रास पैदा गर्छ । द्वन्द्वको दृश्यमा धेरै भिएफएक्सको प्रयोग छ । कतिपय ठाँउमा भिएफएक्सका कारण कृतिम दृश्य लाग्छ ।

राजनीतिक कथावस्तुले आजको समय सान्दिर्भक रहेको भान हुन्छ । आमाका लागि युद्ध लड्ने पात्रले भावानात्मक रुपमा पनि चलचित्र बलियो छन्ने अनुमान गर्न सकिन्छ । चलचित्रको संवाद पनि उत्तिकै बलियो देखिन्छ ।

दक्षिण भारतीय शैलीलाई पछ्याएको चलचित्रमा मौलिकताको अभाव हुनसक्छ । रगत र आगोसँगै अध्यारा स्थानका दृश्यले मन बिझाउने सम्भावना पनि उत्तिकै छ । क्यामेरा कमाल उत्कृष्ट छ भनेर ट्रेलर हेरेर भन्न नसकिए पनि स्क्रिन प्ले र विजिएम औसत छ भन्न सकिन्छ ।

केही घण्टामै विश्वव्यापी दर्शकको मायाँ पाएको ट्रेलरको दर्शकको चासो र रुचि हेर्दा दशैंमा बलिदानले मनग्गे दर्शक पाउनेछ । अभिनेताहरु समीर भट्ट,सौगात मल्ल, ऋचा शर्मा र अर्पण थापाजस्ता बलिया कलाकारहरुले बलिदानलाई सुनमा सुगन्ध थपेको छ । थोरै कमजोरीका बीच टे«लरले चलचित्र हेर्न दर्शकलाई उत्सुक बनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।