२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेन जी आन्दोलनपछि भएको लुटपाटमा संलग्न भन्दै प्रहरीद्वारा सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ



काठमाडौँ
प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद रु १३ हजार र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन् । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन जारी रहेको उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।