२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


बौद्ध क्षेत्रका पुराना तस्बिरलाई रङमा उतार्दै आना



काठमाडौँ
बौद्ध क्षेत्रका पुराना तस्बिरहरुबाट उतारेर कलाकार आना ढकालको कला ललितपुरको सानेपास्थित कुञ्जमा प्रदर्शनी भइरहेको छ ।

बौद्धमा रहेको गुम्बा प्रर्दशनीको अर्कषण रहेको छ । बौद्ध क्षेत्रका सुन्दर प्रकृतिक अनि फाँटहरू र पुराना बस्तीहरुको पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन कलाकार ढकालले दिन खोजेकी छिन् ।

फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उनले क्यानभासमा उतारेकी हुन् ।

प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहेकी हुन् । उनी भन्छिन्, “मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।” “प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ”, आना भन्छिन् ।

आनाले कला पढेकी होइनन्, आफैँ घरमा बनाउँदाबनाउँदै सिकेकी हुन् । पाँच वर्षदेखि कला साधनामा उनी सक्रिय छिन् । अन्य कलाकारका भन्दा उनका सृजना कमजोर लाग्दैनन् । उनी आफ्नै शैलीका सृजना गर्छिन् । परम्परागत कलामा पनि उनलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

जेनजी पुस्ताबाट केही महिना नाघेकी आनाले भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुगिन् । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर गएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उनको अभियानमा समर्थन जनाइन् । त्यही क्यान्भासलाई पनि उनले यहाँको प्रदर्शनीमा राखेकी छिन् ।

उनले चार वर्षदेखि बनाएका १५ कलालाई उनले प्रदर्शनीमा राखेकी छिन् । आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उनले यहाँ प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताइन् । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो ।

 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।