२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ शो नपाउने भएपछि फेरि स¥यो



 

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फेरि सरेको छ । गएको भदौं २७ गते प्रर्दशनको योजना रहे पनि देशव्यापी जेन जी आन्दोलनका कारण रोकिएको यस चलचित्रले केही दिनअघि दशैंको फुलपातीबाट प्रर्दशन गर्ने भन्दै असोज १३ गतेको मिती तोकेको थियो ।
तर पहिले नै हरिबहादुरको जुत्ता, बलिदान र माइतीघर प्रर्दशनको तयारी भइरहेको अवस्थामा ‘अभिमन्यु : च्याप्टर १’ प्रर्दशन हुने भएपछि केही हलहरुले शो दिन इन्कार गरेका थिए ।

असोज १३ गते अर्थात् दशैंको फूलपातीमा प्रर्दशन हुने भनिएको यो चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै प्रर्दशन मिति पछाडि सारिएको जानकारी दिएको हो । असोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।

यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको चलचित्र ’अभिमन्यु – च्याप्टर १’ देशमा भएको जेएन जी आन्दोलनका कारण स्थगन गर्नु परेको थियो । तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै चलचित्रहरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरूलाई समेत असर पार्ने अवस्था देखियो । यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई चलचित्रको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ । यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौँ । तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सन्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।”

यस पटक चलचित्रले एक्लै प्रर्दशन गर्ने मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु ः च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।