१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


असोजमा प्रर्दशन हुँदेछन् पाँच नयाँ नेपाली चलचित्र



ललितखबर
विस्तारै नेपाली चलचित्रको बजार विस्तार भइरहेको छ । फरक फरक जनरामा चलचित्र निर्माण हुनेक्रम बढेसँगै एकातिर नेपालमा दर्शकको चलचित्रप्रति चासो बढ्दो छ भने देश बाहिर नेपालीहरुको बस्ती रहेको सहरमा चलचित्रको शोहरु थपिन सुरु भएको छ । पछिल्लो समय नेपाली चलचित्र निर्माणको क्रम पनि बढ्न थालेको छ ।
बडादशैंको उत्सवबीच यही असोजमा ५ चलचित्र प्रर्दशनको तरखरमा छन् ।
पहिलो शुक्रबार आज असोज ६ गते कुनै नयाँ चलचित्र प्रर्दशन सुरु भएन । जेनजीको आन्दोलनका कारण शिथिल बजारमा चलचित्र चलाउन आँट नगरेका निर्माता र प्रर्दशनले आउँदो शुक्रबारबार पनि नयाँ चलचित्र प्रर्दशन गर्ने कुनै योजना छैन । बल्ल सोमबार ३ नयाँ चलचित्र प्रर्दशनको तरखरमा छन् ।
असोज १३ गते सोमबार बडा दशैंको फुलपाती पर्वको अवसर पारेर ‘हरिबहादुरको जुत्ता’ प्रर्दशन हुनेछ । हास्य अभिनेता हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्काको अभिनय रहेको यस चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
फुलपातीको दिन मिलन तामाङको निर्देशनमा बनेको चलचित्र ‘माइतीघर’ पनि प्रर्दशनको तयारीमा छ । सो चलचित्रमा धिरज मगर,उपासना सिंह ठकुरी, केदार घिमिरे माग्नेबुढाको अभिनय रहेको छ । सोही दिन सन्तोष सेनको निर्देशनमा तयार भएको एक्सनले भरिएको चलचित्र ‘बलिदान’ प्रर्दशन हुनेछ । चलचित्रमा समिर भट्ट,सौगात मल्ल,अर्पण थापा र ऋचा शर्मालगायत कलाकारको अभिनय हेर्न पाइन्छ ।
त्यसपछि असोज २४ गते एकै पल्ट चलचित्र ‘अभिमन्य च्याप्टर १’ प्रर्दशन हुने घोषणा गरिएको छ । सुशान्त गौत्तमको निर्देशन रहेको सो चलचित्रमा कामेश्वर चौरसिया,लक्ष्मी बर्देवा र गौमाया गुरुङलगायत कलाकारको प्रस्तुती छ ।
यो महिनाको अन्त असोज ३१ गते शुक्रबाटबाट अनमोल केसीको ‘जेरी अन टप’ प्रर्दशनको तयारीमा छ । चलचित्रमा अनमोलसँगै जसिता गुरुङ र आचल शर्माको त्रिकोणात्मक प्रेमकथा समेटिएको छ । चलचित्रमा केदार घिमिरे समेत रहेकाले उनको हास्यप्रस्तुती रहेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।