३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अब मन्त्रालयमै ओछ्यान लगाएर काम गर्छु : महावीर पुन



काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले अनुसन्धान,आविष्कार र नव प्रवर्तनलाई प्रोत्साहन गर्नु नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन्।

पुनले आफू अपर्झट मन्त्री बनेको बताउँदै सरकारबाट सेवा सुविधा नलिने उद्घोष गरे। ‘शिवजी भइदिएको भए त्रि-नेत्र लगाएर म यसोउसो गर्छु भन्थे। तर, अपर्झट यहाँ आएर मन्त्री भएको छु, ‘उनले भने,’ सेवा सुविधा केही चाहिदैन। अब मन्त्रालयमा बस्ने र त्यही ओछ्यान लगाउने हो।’

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।