२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


घटस्थापनामा फिल्म ‘लज्जावती’को शुभमुहूर्त



काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ ।

सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।

शुभमुहूर्त सटको निर्देशन पटकथाकार प्रदीप भारद्धाजले गरे । कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि निर्माता विकास जोशीले नरिवल फुटाएका थिए ।

पशुपति आर्यघाटसहितका क्षेत्रका फिल्मको छायांकन हुने जनाइएको छ । छायांकन तालिका ३० दिन तय गरिएको छ ।

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्मातामा कमलप्रसाद शर्मा र सन्दीप रोकाया छन् ।

दीपक भण्डारी कार्यकारी निर्माता तथा भीमराज रोकाया सह-निर्माता रहेको फिल्मलाई दिव्यराज सुवेदीले खिच्नेछन् ।

फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतको अभिनय रहने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।