२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘वरिष्ठ बलराम’मा विजय बरालको सुन्दर नृत्य



काठमाडौं
सधै सहायक भूमिकामा देखिने अभिनेता विजय बराल ‘पूर्ण बहादुरको सारंगी’ ब्लकबस्टर सावित भएपछि हिरोको रुपमा रजतपटमा स्थापित भए । उनी एक पछि अर्को चलचित्रमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौतीको ठाँउमा छन्, अहिले ।
उनले अभिनय गरेको पछिल्लो चलचित्र जनै हराएको बाहुनमा पनि तुलनात्मक रुपमा राम्रै काम गरे ।
तिहारको भाइटिकामा प्रर्दशनको तयारीमा रहेको चलचित्र चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेता बराल अभिनेत्री समृद्धि अर्यालसँग ‘मिठो’ले नृत्य गरेका छन् ।
‘न्यौली बनैमा’ बोलको गीत अभिनेता बरालले हलुँगो पाराले कम्मर कर्माएका छन् भने अभिनेत्री अर्यालसँग लय मिलेको (केमेष्ट्रि) देखिन्छ ।
गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ । संगीत पनि प्रशान्तकै छ । स्वर प्रशान्त र शान्तीश्री परियारको छ ।

प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
। ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।