काठमाडौ
चलचित्र ‘मैझारो’को गीतमा धिरज र मिरुना रोमान्टिक देखिएका छन् ।
भर्खरै सार्वजनिक चलचित्र ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’ मा अभिनेता धिरज मिरुनासँगको रोमान्स देख्न सकिन्छ । निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर चलचित्रको उक्त गीत ओएसआरको युटुब च्यानलबाट सार्वजनिक गरेको हो । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। लभ सङ गीतमा चलचित्रको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत सार्वजनिक भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्।
‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय चलचित्र हो । चलचित्रको सार्वजनिक पहिलो गीतबाट नै फिल्मले हाइप लिन थालिसकेको छ। चलचित्रको पोस्टर र टिजरले एक किसिमको दर्शकमाझ कौतुहलता जगाइसकेको थियो। गीत नै सार्वजनिक भइसकेपछि दर्शकको मनोभाव यो चलचित्रप्रति देखिन थालेको छ। गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्स संगीत गायक अनमोलकै छ। गीतको एरेन्ज भने रिकेश गुरुङको छ।
मौलिक प्रेम कथामा आधारित यो चलचित्रमा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो चलचित्रका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले छायांकन गरेका चलचित्रको वितरण आरआर फिल्मसले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। कार्तिक ७ गतेबाट अल नेपाल प्रर्दशन हुन लागेको यो चलचित्रको निर्माण कम्पनी तक्मे प्रोडक्सन हो।








प्रतिक्रिया