१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तुइन खोलामा फेरि पहिरो



भरतपुर
नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।