१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो



काठमाडौं । शुक्रबार र शनिबार लगातार परेको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ५२ जनाको ज्यान लिएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ५२ पुगेको हो।

सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ। इलाममा मात्र ३७ जनाले ज्यान गुमाएका छन् भने पाँचथरमा ८, उदयपुरमा २ र खोटाङमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मधेश प्रदेशको रौतहटमा बाढीले ३ जनाको ज्यान लिएको छ।

अहिलेसम्म अन्य प्रदेशका विभिन्न जिल्लाबाट समेत जनधनको क्षतिको विवरण आएको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको र प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएको पनि जानकारी दिइएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।