२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वर्षाका कारण हालसम्म ५२ जनाको निधन, ५ जना बेपत्ता



काठमाडौं । गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन भएको छ ।

मंगलवार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारे जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टकाअनुसार पहिरोमा परी ३९ जनाको ज्यान गएको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन् । बाढीमा परेर मृत्यु हुनेहरु ११ जना रहेका छन् । उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक-एक जना रहेका छन् ।

चट्याङबाट रौतहटमा दुई जनाको निधन भएको छ । हाल चार जना रसुवामा बेपत्ता रहेकाे कार्यकारी प्रमुख भट्टले बताए । इलाममा एक जना गरी ५ जना बेपत्ता छन् । घाइते ४७ जना रहेको उनले बताए। पहिरोबाट ३३ जना र चट्याङबाट १४ जना घाइते भएका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि तीन वटै सुरक्षा निकाय परिचालित रहेको उनले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।