१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई अस्थायी बसोबासका लागि अनुदान प्रदान गर्ने



काठमाडौं । सरकारले हालै आएको बाढीपहिरोका कारण घरबारबिहिन भएकाहरुलाई अस्थाई आवास निर्माण गर्न अनुदान प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र तत्पश्चात अस्थाई अवास निर्माणका लागि अनुदान प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले विपद् पश्चात फैलन सक्ने महामारीको आँकलन गरी रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरुमा जनचेतना, स्वास्थ्य शिविर र मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी तीनै तहका सरकारहरुले प्रदान गर्ने राहातलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानिय तहमार्फत प्रदान गर्ने र मृतक र बेपत्ता परिवारलाई कानूनबमोजिम राहत ृपलब्ध गराउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।