२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’ककाकिकी’ छायांकन पर्वतको गाँउपाखाबाट सुरु



काठमाडौँ
नयाँ चलचित्र ’ककाकिकी’को छायांकन सुरु भएको छ । ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने चलचित्रका निर्देशक बिक्की अग्रवालले जानकारी दिएका छन् ।

अहिले छायांकनमा चलचित्रका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् । साथै अभिनेत्री गौरी मल्ल केहिदिनमा पुग्ने चलचित्रकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् । प्रसाईंका अनुसार आजैबाट छायांकन सुरु भएको छ । अन्य केहि कलाकार बिचमा जोडिदै जानेछन् ।

चलचित्र ’ककाकिकी’ चर्चित हास्य शो ’कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । ’कमेडी दरबार’कै निर्देशकद्धय बिक्की र श्रृद्धाले नै चलचित्रलाई निर्देशन गर्दैछन् भने चलचित्रको लेखक पनि बिक्कीसँगै बिकाश अर्याल र सरोज भण्डारी हुन् । यस्तै चलचित्रमा स्क्रिन प्लेपनि बिक्की कै रहेको छ भने बिश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रुपमा रहेका छन् । चलचित्रको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् । चलचित्रको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् ।

निर्माण टिमले यसअघि गएको साउनको दोस्रो हप्तामा चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । जुन पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो । जुन पोस्टरका कारण पनि चलचित्रको कथा रहस्यमय रहेको बुझन् सकिन्छ । चलचित्रको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।