२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

समितिले सरकारलाई पेश गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो । समितिले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण गरिएको खुलासा गरेको छ ।

त्रिविको जग्गा अतिक्रमण भएको सूचना बाहिएर पछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा वषौदेखि भोगचलनबाहिर रहेको पत्ता लगाएको छ ।

प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक भने गरिएको थिएन ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।