२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को छायांकन सुरु



काठमाडौं । राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ को छायांकन काठमाडौंको गागलफेदीबाट सुरु भएको छ। कलाकार सागर लम्साल ‘बले’ का अनुसार मंगलबारदेखि फिल्म खिच्ने काम थालिएको हो।

फिल्मको कथा तथा पटकथा लक्ष्मण सुवेदी ले लेखेका हुन्। सागर लम्सालसँगै रोशनी खड्का, रमेश बुढाथोकी, विनोद न्यौपाने, विशाल पहाडी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, आशा पौडेल र प्रिया रिजाल लगायत कलाकारहरूको अभिनय रहनेछ।

उषा फिल्मस् प्रालि को ब्यानरमा निर्माण हुँदै गरेको फिल्मका निर्माता श्याम तामाङ हुन्। छायांकन निर्देशकको रूपमा गौतमराज खड्का ले काम गर्ने भएका छन्।

निर्देशक गिरीका अनुसार फिल्ममा मनोरञ्जनसँगै सामाजिक सन्देश समेटिएको छ र आगामी वर्षको सुरुवातमै रिलिज गर्ने योजना रहेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।