१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


युवक एक महिनादेखि बेपत्ता



आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको

सिमकोट (हुम्ला)
नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् । उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन्

चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै भएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए ।

भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उहाँले सबैमा आग्रह गर्नुभएको छ । बेपत्ता थुक्तेन उहाँका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।