२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १२ जना घाइते



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद, र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका १२ जनाको लालरत्न अस्पताल, लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर मलामी बोकेर चिसापानीतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।