२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जे सुकै भन्नुस्, सत्य बोल्नबाट म पछि हट्दिन: ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ बहसप्रति तिखो प्रतिक्रिया दिएका छन्।
“भन्नुस् वा जे सुकै!” भन्दै उनले आफू सत्य बोल्नबाट पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।

सम्पादकहरूसँगको अन्तर्क्रियामा पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै ओलीले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनको सन्दर्भ उठाए। उनले उक्त आन्दोलनका क्रममा भएका घटनालाई नियोजित भएको दाबी गरे।

ओलीले विशेषगरी मिस नेपाल २०१८ श्रृंखला खतिवडाको घरमा भएको आगजनी घटना उल्लेख गर्दै भने, “श्रृंखलाले वा उनको परिवारले के गल्ती गरेका थिए? के उनलाई हेलिकप्टरमा विद्यालय पुर्‍याइन्थ्यो र?”

उनले भदौ २४ गतेको आन्दोलनका क्रममा लक्षित रूपमा केही घरहरूमा आगजनी गरिएको आरोप लगाउँदै प्रश्न गरे, “कसको घरमा आगो लगाउने भनेर तोकेर आक्रमण गरियो, यो कसले गर्‍यो?” भन्दै उनले घटनाको पछाडिको नियतमाथि शंका व्यक्त गरे।

ओलीको यो वक्तव्यले जेनजी आन्दोलन र सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ बहसलाई नयाँ मोड दिएको छ। उनका भनाइहरूले राजनीतिक र सामाजिक वृत्तमा पुनः जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी बहसलाई तीव्र बनाउने संकेत गरेका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।