२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपिन जोशीको शव काठमाडौं ल्याइयो



काठमाडौं । हमासको कब्जाबाट बन्धक बनाइएका बेला मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार नेपाल ल्याइएको छ। आइतबार इजरायलमा अन्तिम बिदाइ गरिसकेपछि दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्थिव शरीर ल्याइएको हो।

त्रिभुवन विमानस्थलमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश आर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल लगायतका उच्च पदस्थ अधिकारीहरूले जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जली समारोहमा प्रधानमन्त्री कार्कीले विपिनलाई प्रत्येक नेपाली आमाको छोरा भएको उल्लेख गर्दै भनिन्, “विपिनलाई कसैले बिर्सन सक्दैन। उसले गरेको संघर्ष र हिम्मत हाम्रो गर्व हो।”

जोशीको शव गत हप्ता हमासको कब्जाबाट फिर्ता गरिएको थियो। उनकाे शव आजै कञ्चनपुरस्थित घरमा लगिने तयारी रहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, सोमबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।