२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : दुई मन्त्रीले शपथ लिए, दुईको शपथ रोकियो



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आइतबार दुई मन्त्री थपिएपछि १० सदस्यीय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री र डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी भए तापनि विभिन्न विवादका कारण उनीहरूको शपथ रोकिएको थियो। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात प्रधानमन्त्रीको जिम्मेवारी लिएकी थिइन्। उनले यसअघि भदौ ३० र असोज ६ मा मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्। यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् स्थायित्व र नयाँ जिम्मेवारीसहित अघि बढ्ने तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।