ललितपुर
ललितपुरको गोदावरी सडकमा एक मोटरसाइकलले स्थानीय पैदलयात्रीलाई ठक्कर दिएपछि उनको निधन भएको छ ।
मोटरसाइकलको ठक्करपछि गोदावरी १४ ठैव बस्ने ५० वर्षीया मैया महर्जनको निधन भएको प्रहरीले जानकारी दिएको छ ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १४ बाडेगाँउस्थित सडकमा बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलको ठक्कर उनको निधन भएको हो ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बि एण्ड बि अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको बताएको छ ।








प्रतिक्रिया