काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ। बुधबार भएको सुनुवाइपछि संवैधानिक इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको हो।
अदालतले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत विपक्षी पक्षलाई सरकार गठन र प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
रिट निवेदनकर्ताले प्रारम्भमै अन्तरिम आदेश माग गरेका थिए। तर संवैधानिक इजलासले भने, मुद्दाको अन्तिम सुनुवाइको समयमा नै माग दाबीबारे छलफल गरिने भन्दै अहिलेसम्म अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।








प्रतिक्रिया