२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भाषण गर्दा गर्दै अस्ताए जिफन्टका उपाध्यक्ष कमल गौतम



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।

रुपन्देहीका उद्योगीहरूले ट्रंक र डेडिकेटेड लाइनको विवादमा आन्दोलनको घोषणा गरेका थिए। बिहीबार प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आन्दोलनलाई सांकेतिक रूपमा मात्र लिन जरुरी रहेको बताएका थिए। उनले २५ हजार श्रमिकको रोजगारी गुम्दै गएको र त्यसलाई बचाउनुपर्ने बताएका थिए। बोल्दै गर्दा ‘अतः यो कारणले…’ भन्ने वाक्य पूरा गर्न नपाउँदै उनी अचानक ढले।

उपचारका लागि उनलाई क्रिमसन अस्पताल पुर्‍याइयो, तर त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिएका छन्। उनका शव अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, बिहिबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।