२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका इञ्चार्जहरुलाई उपत्यका नछाड्न ‘हेडक्वार्टर’ को परिपत्र



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुरक्षार्थ फिल्डमा खटिएका प्रहरी कमाण्डरहरुलाई उपत्यका नछाड्न भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले परिपत्र जारी गर्दै जेनजी आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रहरुमा खटिएका प्रहरी ईञ्चार्जहरुलाई उपत्यका नछाड्न भनिएको हो ।

जेनजी आन्दोलनका क्रममा भएको घटनाका विषयमा गठिन गौरीबहादुर कार्कीको नेतृत्वमा गठित गौरीबहादुर कार्की नेतृत्वको जाचबुँझ आयोगले अनुसन्धानलाई अघि बढाएको छ ।

सो क्रममा बढी क्षति भएको क्षेत्रहरुमा भए गरेका घटनाक्रमबारे अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले सो दिन फिल्डमा खटिएका ईञ्चार्जहरुलाई उपत्यका नछाड्न भनेको हो ।

‘…बढी क्षति भएको क्षेत्रहरुमा खटिएका प्रहरी ईञ्चार्जहरुलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुन समेत अनुरोध गरिएको छ,’ परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, सोमबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।