२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता विराज भट्टको चलचित्र ‘राम नाम सत्य’ छायांकन सुरु



 

अभिनेता विराज भट्टको अभिनय रहेको निर्देशक माइकल चन्दको महत्वाकाँक्षी चलचित्र ‘राम नाम सत्य’ चितवनबाट छायांकन सुरु भएको छ ।

पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको चलचित्रको झण्डै ८० प्रतिशत छायांकन यहाँ गर्ने निर्माण पक्षको योजना छ । चलचित्रको छायाँकन मुस्ताङमा हुनेछ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए ।
चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
साथै, चलचित्रमा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको विशेष भूमिका रहनेछ ।
उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेको चलचित्रमा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रुपमा छन् । मोती कार्की क्रियटिभ निर्माताको रुपमा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको चलचित्रमा विदुषी थापाको प्रोडक्सन डिजाइन रहेको छ ।
एक्सन, सस्पेन्स र प्रेमको जनरामा यो चलचित्र निर्माण गरिनेछ । यो चलचित्र यही वर्षको चैत्र २७ गतेबाट प्रर्दशन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।