२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चार वर्षपछि रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमा फर्किए



काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) विभाजन हुँदा एकीकृत समाजवादीतिर लागेका नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन्।

२०७८ सालमा पार्टी फुटेको बेला उनीहरू नेकपा एकीकृत समाजवादीमा पुगेका थिए। यसबीच गत कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीसहित अन्य दलसँग एकीकृत भएको थियो।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रमका बीच एमाल अध्यक्ष केपी शर्मा ओलीले झाँक्री र श्रेष्ठलाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ प्रदान गर्दै पार्टीमा स्वागत गरे। उनीहरूले प्रतिकात्मक रूपमा एकीकृत समाजवादीको ‘कलम’ चिन्ह ओलीलाई बुझाएका थिए।

यससँगै गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायतका नेताहरूलाई पनि एमालेमा स्वागत गरिएको छ।

एमालेले विभाजनमा आएका पूर्व नेतालाई पुनः पार्टीमा फर्काउने उद्देश्यसहित घर फर्क अभियानलाई आगामी दिनमा थप सक्रिय बनाइने जनाएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।