२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मिस कोशी २०२५’ उपाधि रजनी थापालाई



उर्लाबारी
मोरङकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’को उपाधि जितेकी छिन् ।

मोरङको विराटनगरमा भएको प्रतियोगितामा १६ जना फाईनलिस्टलाई पछि पार्दै रजनीले ‘मिस कोशी’को उपाधि जितेकी हुन् । ‘मिस कोशी’ विजेता थापाले १ लाख रुपैंयाँ र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरिन् ।

प्रतियोगितामा बर्जु, सुनसरीकी दीपान्जली राई ‘फस्ट रनरअप’, इनरुवाकी गरिमा शाशंकर(गुराँस) ‘सेकेण्ड रनरअप’, काठमाडौंकी भूमिका नेपाल ‘थर्ड रनरअप’ र धरानकी दिया राई ‘फोर्थ रनरअप’ भइन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा आयोजितप्रतियोगितामा विधागततर्फ सुन्दरहरैचाकी लक्ष्मी चौधरी ‘अर्गनाइजर च्वाइस’, अर्जुनधाराकी युनिका विश्वकर्मा ‘मिस पपुलर’, इटहरीकी अपेक्षा चौधरी ‘मिस पब्लिक च्वाइस’, बेलबारीकी सरु लिम्बु ‘मिस ब्यूटी विथ ब्रेन’, रजनी थापा ‘मिस पर्सनालिटी’, युनिका विश्वकर्मा ‘मिस मल्टिमिडिया’, गरिमा शाशंकर(गुराँस) ‘मिस ट्यालेन्ट’ भइन् ।

त्यस्तै विराटनगरकी सिमरन साहु ‘मिस फोटोजेनिक’, दिया राई ‘मिस ब्यूटिफूल स्माइल’, दीपान्जली राई ‘मिस ब्यूटिफूल हेयर’, लक्ष्मी चौधरी ‘मिस इन्टेलेक्ट’, अपेक्षा चौधरी ‘मिस क्याटवाक’, विराटनगरकी निमा राजवंशी ‘मिस फिजिक’, विराटनगरकी दीपिका शाह ‘मिस बेस्ट ट्रान्सफरमेशन’ र भूमिका नेपाल ‘मिस रिफरेसिङ फेस’ घोषित भए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको निर्णायकमा विपी कोइराला प्रतिस्ठान (घोपा क्याम्प) का डिन डा. शिवेन्द्र झा, राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, ‘मिस कोशी २०२४’ बिजेता शुभलक्ष्मी राई र निर्माता तथा निर्देशक नितिनकुमार चन्द थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।