१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। बुधबार मध्यान्ह आयोगका सचिव महादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष कबीर सोपलाई दल दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। गत प्रतिनिधिसभा निर्वाचनमा उक्त पार्टीले ४ सिट जितेको थियो। तर, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको आन्तरिक विवादका कारण चौधरीले नयाँ दल गठन गरेका हुन्।

नवगठित पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष रहेका अब्दुल खान रहेका छन्।

दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष सोपले भने, “जनताको पक्षमा देश निर्माण गर्ने योजनासहित हामीले नयाँ राजनीतिक दल दर्ता गरेका हौँ।”

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।