२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ बाट प्रदर्शनमा आउने, नयाँ पोस्टर सार्वजनिक



काठमाडौं । पटक–पटक रिलिज डेट सारिँदै आएको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ अन्ततः मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। यसै क्रममा निर्माणपक्षले आइतबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाल लगायत सबै कलाकार आ–आफ्नो क्यारेक्टर लुक्समा देखिएका छन्। कामेश्वर चौरसियालाई साइकलमा प्रस्तुत गरिएको छ भने अन्य कलाकार पनि भूमिकाअनुसार फरक–फरक अवतारमा देखिन्छन्। पोस्टरले चलचित्रमा प्रत्येक कलाकारको लुक्स कस्तो छ भन्ने स्पष्ट रूपमा झल्काएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालसहित भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ। निर्माण टोलीले फिल्म प्राविधिक र कथानक दुवै हिसाबले बलियो रहेको दाबी गर्दै आएको छ। तराईको कथामा केन्द्रित यस फिल्मको सेटअप र मुख्य कलाकारहरूको हुलियाले पनि यसले तराईको मुद्दा र कथा समेटेको बुझाउँछ।

चलचित्रका निर्देशक सुशान्त गौतम हुन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्। मुकेश खनालले फिल्मको कथा लेखेका हुन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सहनिर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।

चलचित्रमा शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदान घिमिरेको सम्पादन रहेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, आइतबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।