१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरीमा पुरुष मृत फेला, पहिचानका लागि फोटो सार्वजनिक



काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा आइतबार राति अन्दाजी ३०–३५ वर्ष उमेरको एक अज्ञात पुरुष लडिरहेको अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार राति करिब ८:३० बजे फेला परेका उनलाई तत्कालै एपीएफ अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा सोही दिन राति ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

मृतकको नाम, थर र ठेगाना नखुलेको हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँले उक्त व्यक्तिलाई चिन्न सक्ने वा आफन्तजन हुनेहरूले प्रहरी कन्ट्रोल नम्बर १००, परिसरको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, मंगलबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।