२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माग्ने बुढा ग्लोबल फिल्म अवार्डमा ‘बेस्ट सपोर्टिङ एक्टर’



काठमाडौं । अमेरिकाको कोलोराडो राज्यस्थित बौल्डरमा सम्पन्न आठौँ ग्लोबल फिल्म अवार्ड्समा अभिनेता केदार प्रसाद घिमिरे माग्ने बुढा ‘बेस्ट सपोर्टिङ एक्टर’ अवार्डबाट सम्मानित भएका छन्।

घिमिरेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अवार्ड पाउने सबै कलाकारलाई बधाई दिएक्का छन्। साथै, कार्यक्रम आयोजक र ज्यूरी टोलिप्रति कृतज्ञता व्यक्त गर्दै उनले “जय होस्” भन्दै खुसी प्रकट गरेका छन्।

यस अवार्डमा विभिन्न देशका फिल्म तथा कलाकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।