काठमाडौं । काठमाडौंको नयाँ बजारबाट प्रहरीले ९ केजी यार्सागुम्बा र २० लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ नागरिक एमए मसु र ३६ वर्षीय नबिला बानु छन् । बानु काठमाडौं महानगरपालिका–३१ का स्थानीय हुन् ।
आरोपीहरूलाई काठमाडौं महानगरपालिका–१६ स्थित नयाँ बजारबाट पक्राउ गरिएको हाे । प्रहरीले आरोपीहरूको साथबाट २० लाख नगद र ९ केजी ३६० ग्राम यार्सागुम्बा बरामद गरेको छ । उनीहरूको साथबाट १५७ केजी बन लसुन पनि बरामद गरिएको छ ।
आरोपीहरूलाई बन ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न प्रहरीले डिभिजन बन कार्यालय हात्तीसारमा बुझाएको छ ।








प्रतिक्रिया