ललितपुर
मंसिर महिनामा ४ चलचित्र प्रर्दशन हुने भएको छ । चलचित्र विकास बोर्डका अनुसार पहिचान, हर्ष, अभिमन्यु च्याप्टर १ र पिआर प्रर्दशन हुने तालिका रहेको छ ।
गत शुक्रबार मंसिर ५ गते चलचित्र पहिचान प्रर्दशन सुरु भएको थियो । यही शुक्रबार मंसिर १२ गतेबाट चलचित्र हर्ष प्रर्दशन हुँदैछ । मंसिर १८ गते चलचित्र अभिमन्यु च्याप्टर १ हुँदै छ भने मंसिर २६ गते चलचित्र पिआर प्रर्दशन हुनेछन् ।
विकास बोर्डले भर्खरै बक्स अफिस रिर्पोट समेत सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार पछिल्लो समय हलहरुमा चलचित्रको व्यापार आक्रमक रहेको देखिन्छ । रिपोर्ट अनुसार गतमहिना प्रर्दशन भएको चलचित्र परानले १४ करोड १६ लाख व्यापार गरेको छ । गतसातासम्म अक्रमक व्यापार गरेको जेरी अन टपको व्यापार १२ करोड १९ लाख रहेको छ । चलचित्र जारी २ ५ करोड ८९ लाख र मनविनाको धन चलचित्रले ३ करोड ४० लाख व्यापार गर्न सफल भएका छन् ।








प्रतिक्रिया