काठमाडौँ
पशुपतिनाथ मन्दिरका संरचनाका कारण विश्वसम्पदा मापदण्ड विपरित रहेको भन्दै पुरातत्व विभागले पत्राचार गरेको खुलेको छ ।
विभागले पशुपति विकास कोषलाई मन्दिर परिसरान मापदण्ड विपरित बनाइएको फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको हो । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिएका छन् ।
पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको उनको भनाई छ ।
विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार बताएका हुन् ।








प्रतिक्रिया