२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओली भन्छन्‘ बयान दिन जाने नजाने मेरो कुरा हो, कानूनी व्यवस्था के छ हेरेको छु’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई गैरकानूनी र असंवैधानिक भएको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा सञ्चार सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले कार्की नेतृत्वको सरकार संविधान विपरीत रहेको दाबी गरे।

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने–नजाने विषय आफ्नो व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै ओलीले आयोगका सदस्यहरूको अभिव्यक्तिले नै आयोगको मनसाय प्रष्ट भएको टिप्पणी गरे।

ओलीले भने, “बयान दिन जाने–नजाने मेरो कुरा हो। कानूनी व्यवस्था पनि हेरेको छु। मलाई जनताले माया गरेको हो, विरोधीले लखेटेको हो—तर म न माया गरेर मात्रै यहाँ छु, न विरोध गरेर सक्किएको छु। उनीहरू चाहिँ सक्कियो भन्छन्। सुशीला कार्कीजीहरूले गरेको सम्झौता ड्रामा मात्रै हो, त्यसले केही टुंग्याउँदैन। उहाँहरूको सरकार अन्तरिम मात्र होइन, असंवैधानिक पनि हो।”

बालुवाटारबाट आफू भागेको भन्ने टिप्पणीबारे प्रतिक्रिया दिँदै ओलीले “नभागेको भए के गर्नुहुन्थ्यो?” भन्दै जेनजी पक्षका नेताहरूमाथि प्रश्न पनि उठाए।

प्रकाशित मिति : २६ मंसिर २०८२, बिहिबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।