१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका नेता पुरुषोत्तम विष्टको निधन



ललितपुर

ललितपुरका नेता पुरुषोत्तम विष्ट (उत्तम) को असामयिक निधन भएको छ ।

नेता विष्टको निधन भएको पुष्टि गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शोक विज्ञप्ती प्रकाशन गरेर श्रद्धाञ्जली दिएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय विष्टको गत मंसिर २३ गते निधन भएको हो ।

स्वर्गीय विष्ट ललितपुर जिल्लाको कम्युनिष्ट आन्दोलनमा एक ’सरल र निष्ठावान’ नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले तत्कालीन जनयुद्ध कालदेखि नै त्याग र समर्पणको राजनीति सुरु गर्नुभएको थियो। पछिल्लो समय एकीकृत जनक्रान्तिको प्रक्रियामा उहाँको भूमिका महत्वपूर्ण रहेको पार्टीले जनाएको छ।
सामाजिक रूपान्तरण र परिवर्तनका पक्षमा अविचलित उभिने विष्टलाई पार्टीले एक ’सादा जीवन र उच्च विचार’ बोक्ने नेताका रूपमा चित्रण गरेको छ।

माओवादीका जिल्ला इन्चार्ज विपिन सी द्वारा जारी
विष्टको निधनबाट ललितपुर जिल्लाको कम्युनिष्ट एवम् सामाजिक रूपान्तरणको आन्दोलनले एक असल अभिभावक र नेता गुमाएको भन्दै उनले देखाएको क्रान्तिकारी मार्ग र योगदानलाई इतिहासले सदैव स्मरण गरिरहने उल्येख छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०८२, शनिबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।