१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशन : मतदान साँझ ७ बजेदेखि सुरु हुने



काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आज बेलुकी ७ बजेदेखि मतदान सुरु हुने एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ ।

एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ । निर्वाचनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन् ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर उम्मेदवारको अन्तिम सूची तयार नहुँदा प्राविधिक प्रक्रिया मिलाउन समय लागेको हो ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।