१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


२ कैदीबन्दी टोखाबाट पक्राउ



काठमाडौँ । २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले टोखा नगरपालिका–१ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको टोखा बस्ने ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोट शिवपुरी गाउँपालिका–६ घर भई काठमाडौं बानियाटार बस्ने ३० वर्षीय विनोद केसी (विनोद गौतम) रहेका छन्।

प्रहरीका अनुसार, श्यामलाल कँडेललाई डंगोल मानव बेचबिखन मुद्दामा ३२ वर्ष कैद सजाय सुनाइएको थियो। उनले ९ वर्ष कैद भुक्तान गरिसकेका छन् र अझै २३ वर्ष कैद सजाय बाँकी छ।
त्यसैगरी, विनोद केसीलाई अपहरण, शरीर बन्धक, डाँका र संगठित अपराधमा १३ वर्ष कैद सजाय सुनाइएको थियो। उनले ३ वर्ष कैद भुक्तान गरिसकेका छन् र बाँकी १० वर्ष ६ महिना सजाय भुक्तान गर्न बाँकी छ। प्रहरीले जानकारी दिएको छ कि फरार कैदीहरू लुकीछिपी बसेको अवस्थामा टोखाको टोखाचण्डेश्वरीबाट बिहीबार नियन्त्रणमा लिइएका हुन्।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।