काठमाडौं । जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।
बयान सकिएपछि मंगलबार पत्रमार्फत उनीहरूलाई विदेश भ्रमणसमेत गर्न पाउने गरी स्थानहद हटाइएको आयोगले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात् उनीहरूमाथि छानविन गर्नुपर्ने चर्को आवाज उठेको थियो । त्यसलगत्तै सरकारले दुवाडी, खापुङ र रिजालमाथि स्थानहद लगाएको थियो ।
मंगलबार उनीहरू तीनै जनाको स्थानहद हटाइएको छ ।








प्रतिक्रिया