१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


आमा बन्न लागेको खबर साट्दै रन्जु दर्शना भन्छिन्- यो यात्रा मेरा लागि सहज थिएन



काठमाडौं । विवेकशील साझा पार्टी छोडेर रास्वपामा आएकी रञ्जु दर्शनाको निजी जीवनमा पनि नयाँ ट्विस्ट आउने भएको छ । उनी चाँडै आमा बन्दैछिन् ।

रञ्जुले सामाजिक सञ्जालमार्फत शुभचिन्तकहरूलाई यो खबर आज साटेकी हुन् । उनले आफूहरूको जीवनमा एउटा सानो मानवले छिट्टै प्रवेश गर्न लागेकी बताएकी छन् । यो यात्रा आफ्नो लागि सहज नरहेको उनको भनाइ छ ।

रञ्जुले लेखेकी छन्, ‘यो खबर तपाईँहरू माझ बाँड्दा हाम्रो खुशी झनै दोब्बर भएको छ । यो यात्रा मेरो लागि सहज थिएन, छैन पनि । वर्षौँदेखि कैयौं आमाहरूका लागि लड्दै आएकि म आज स्वयम यस यात्रामा हुँदा आमाहरू प्रति झनै बढि नतमस्तक छु ।’

रञ्जुले २०७९ वैशाखमा किशु कुईंकेलसँग विवाह गरेकी थिइन् । उनी हाल रास्वपाको समानुपातिक उम्मेदवारकी आकांक्षीसमेत हुन् । उनले बागमती प्रदेशबाट पार्टीको प्राइमरी इलेक्सनमा भाग लिइरहेकी छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।