काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। जेनजी आन्दोलनपछि दुवै नेताबीच भएको यो सम्भवतः पहिलो द्विपक्षीय भेट हो।
ललितपुरस्थित एमाले कार्यालय च्यासल नजिकै एक निजी घरमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको वातावरण र राष्ट्रिय सभा निर्वाचनमा सम्भावित सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
छलफलका क्रममा सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताहरूको मानमर्दन गरेको दुवै नेताको साझा निष्कर्ष रहेको बताइएको छ। प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यका अनुसार वार्तामा गहन छलफल भए पनि ठोस निष्कर्ष भने निस्किएको छैन। प्रचण्ड आज दिल्ली प्रस्थान गर्नुअघि ओलीसँग भेटवार्ता गरेका हुन्।







प्रतिक्रिया