५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चन्द्रौटा घटनाबारे ज्योति मगर भन्छिन्–म होइन भन्दा कतिको मन दुख्यो होला ?



काठमाडौं । गायिका ज्योति मगरले चन्द्रौटामा आफू लखेटिएको भन्ने समाचार भ्रामक भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो विषयमा स्पष्ट पारेकी हुन् ।

उनले समाचारमा भनिएको दिन आफ्नो प्रस्तुति दाङको घोराहीमा रहेको र त्यहाँको कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको समेत बताएकी छन् ।

‘मेरा प्यारा दुस्मनहरू शुभ प्रभात । चन्द्रौटामा ज्योति मगर लखेटिइन् भन्ने भ्रामक समाचारले तपाईंको हड्डी हाँसिरहेको बेला त्यो कार्यक्रम जिबब भन्ने र्यापार भाइको रहेछ भन्ने थाहा पाउँदा तपाईंको मनमा कति चोट पर्‍यो होला’, उनी अगाडि लेख्छिन् ‘त्यो म बुझ्न सक्छु । भ्रामक समाचार फैलाउने र सोही समाचार सुनेर आत्मरतिमा रमाउने सम्पूर्ण दुस्मनहरूको यो दुःखद घडीमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।