२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धरान मेयर हर्क साङपाङलाई राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित



काठमाडौँ
धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा मेयर राईलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।

उपमहानगरपालिका प्रमुख राईलाई रु दुई लाख २५ हजार ५५५ र सम्मानपत्रसहित पुरस्कारले सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै मेयर राईले आफू सधैँ श्रममा विश्वास गर्ने बताएका छन् ।

“म श्रम र कर्ममा विश्वास गर्छु । साकेला सिली पनि श्रम नै हो जस्तो लाग्छ । धान रोप्ने, काट्ने, कोदो रोप्ने जस्ता कृषि कर्महरू हाम्रो पिता पुर्खादेखि चलिआएका अभ्यास हुन्”, मेयर राईले पुरस्कार ग्रहणपछि भने ।

प्रकाशित मिति : २ माघ २०८२, बिहिबार  ६ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।