२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपमेयर डङ्गोल अब कार्यवाहक मेयर



काठमाडौँ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएसँगै उपमेयर सुनिता डङ्गोल कार्यवाहक मेयर बनेकी छिन् । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिको प्रचलित कानुनी व्यवस्थाबमोजिम महानगरका मेयर शाहले राजीनामा दिएसँगै उनी कार्यवाहक मेयर  बनेकी हुन् ।
मेयर शाहले आज उपप्रमुख डङ्गोल समक्ष पेस गरेको राजनीनामा पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाबमोजिम, म काठमाडौँ महानगरपालिकाको मेयर पदबाट माघ ४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेस गर्दछु ।’
संविधानमा नगर कार्यपालिका प्रमुख÷उपप्रमुखबारे व्यवस्था गरिएको छ भने नेपालको संविधान २०७२ को धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । मेयरले उप मेयरसमक्ष र उप मेयरले मेयरसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्यु भएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ ।
शाहले पदबाट राजीनामा दिएपछि सुनिता डङ्गोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आज नगर कार्यपालिका बैठक आह्वान गरी मेयर शाहले पदबाट राजीनामा दिएको जानकारी गराएको थियो । बैठकमा कार्यवाहक मेयर डङ्गोलले मेयर शाहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन लगायतका क्षेत्रमा गरेको कामको उनले धन्यवाद व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।